| ||
| दिल सागर दोलखा अक्टोबर, ५ | ||
खिम्ती-१मा भएको विद्युत खरिद दर -पीपीए) सम्झौताको समिक्षा नभएसम्म एकीकृत नेकपा माओवादीले तामाकोशी-३ र किर्ने जलविद्युत आयोजना बन्न नदिने चेतावनी दिएका छन् । किर्ने जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन सम्बन्धी सहरेको किर्नेमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा माओवादी केन्द्रीय सदस्य गंगाबहादुर कार्कीले खिम्ती-१ मा तत्कालिन सरकारमा भएका अधिकारीहरुले गलत सम्झौता गरेका कारण राष्ट्रले वाषिर्क १ अर्ब ४६ करोड ७५ लाख घाटा व्यहोर्दै आएको उदाहरण दिंदै भने 'स्थानीयले पनि केही नपाउने राष्ट्रले पनि वर्षौंसम्म घाटा खाएर गरिब जनता झन् गरिब हुनु पर्ने भएपछि आयोजना बन्नु र नबन्नु कुनै फरक छैन ।' माओवादी विकास विरोधी होइन तर विकासको नाममा स्थानीय पनि आफूले स्वतः पाउने अधिकारलाई पनि आन्दोलन नै गर्नु पर्ने र राष्ट्रले पनि केही फाइदा नपाउने अवस्था आएको भन्दै नेता कार्कीले भने 'वर्तमान अवस्थामा स्थानीय र राष्ट्रलाई फाइदा नहुने देखेर नै माओवादीले तामाकोशी-३ लगाएत देशका ठूला १४ आयोजनामा काम गर्न नदिने भनेको हो ।' | ||
जलविद्युत
Subscribe to:
Posts (Atom)