कामचलाउ
आज ९७ दिन भो माधवकुमार नेपालले राजीनामा दिएर कामचलाउको हैसियत पाएको। राजीनामा दिएपछि सबै कुरा तु समाधान हुन्छ जस्तो गरेर राजीनामाबाहेक केही कुरै गर्न नचाहने कमरेडहरुलाई दह्रै झापड दिन सफल भएका छन् माधव कमरेड। कामचलाउ भएपछि काम त चलाउनै पर्यो। त्यसैले कहिले केको उद्घाटनमा गइदिन्छन् त कहिले केको। हिजो पनि एउटा आइसक्रिम उद्योगको उद्घाटनमा गइदिएछन्। रिबन सिबन काटेर उदघाटनपछि यसो चम्चाले आइसक्रिम अलि चाखी हेरे नि हुने, तर उनले त कोनै चुसिदिएछन्। आज बिहान छापिने सबै पत्रिकामा उनको आइसक्रिम खाएको फोटो प्राथमिकताका साथ छापिएको छ। आउनुस् हेरौँ, योmysansar.com